गण्डकी प्रदेशसभाका सांसद थापा पदमुक्त
कास्की । पार्टीले कारवाही पत्र संसद सचिवालयमा पुगेपछि गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएका छन् ।
बागलुङ १ (ख) बाट निर्वाचित सांसद थापालाई बिहीबार जनमोर्चाले पार्टीबाट कारबाही गरिएको पत्र संसद सचिवालयमा पठाएको थियो ।
गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले पदबाट रिक्त गरिरिदन पार्टीको पत्र आएको र सोही अनुसार पद रिक्त गरिएको बताए ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर नगरेका सांसद थापाले पार्टीभित्रै विद्रोह गरेका थिए । सोही कारण सांसद् थापालाई ८ जेठ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।
