लुम्बिनीमा राष्ट्रियसभा निर्वाचन आज हुँदै

तु खबर संवाददाता
२०७८ जेष्ठ १७, सोमबार ०८:१७

लुम्बिनी । राष्ट्रियसभामा रिक्त एक पदको लागि लुम्बिनीमा आज उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई सो दलले कारवाही गरेपछि यो पद रिक्त भएको थियो ।

राष्ट्रियसभा उपनिर्वाचनमा दुई जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट दृगनारायण पाण्डेय उम्मेदवार छन् भने नेकपा एमालेबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

लुम्बिनी प्रदेशमा ३ सय जना मतदाता छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*