बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान
काठमाडौं । सरकारले बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान गरिदिने भएको छ । आगामी आर्थिक वर्षको बजेट पढ्दै अर्थमन्त्री बिष्णु पौडेलले बिपन्न परिवारको घरमा निशुल्क बिद्युत जडान गरिने व्यवस्था मिलाउने जानकारी दिएका हुन् ।
घरायसी प्रयोगमा आउने माइक्रो ओभन, वासिङ मेसिन, चुल्हो आदिको भन्सार महसुल छुट दिने घोषण पनि सरकारले गरेको छ ।
