निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुट, कर्मचारीलाई १० दिन भ्रमण विदा
काठमाडौं । सरकारले निषेधाज्ञामा २० यूनिटसम्मको विद्युत महसुल छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट बक्तव्यमार्फत् निषेधाज्ञाका समयमा २० यूनिटसम्म खपत गर्ने ग्राहकको लागि विद्युत महसुल छुुट दिने घोषणा गरेका छन् ।
त्यसैगरी अर्थमन्त्री पौडेलले सरकारी कर्मचारीलाई १० दिनको भ्रमण विदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन विदा दिने मन्त्री पौडेलले बजेटमार्फत् घोषणा गरेका हुन् ।
