मन्त्रिपरिषद्को वैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् वैठकले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले बजेट अध्यादेश स्वीकृतिको लागि सिफारिस गरेको हो । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरिसकेपछि अर्थमन्त्री बिष्णु पौडेलले आजै ४ बजे बजेट सार्वजनिक गर्नेछन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेशबाट बजेट ल्याउनुपर्ने भएको हो । जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
