राष्ट्रपतिलाई एमालेको पत्रः माधव पक्षका २६ सांसद्लाई कारबाही गर्छौँ

तु खबर संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १९:४८
फाइल तस्बिर

मकवानपुर । नेकपा एमालेले विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्री पदमा दावी गरेका शेरबहादुर देउवालाई समर्थन गर्ने आफ्ना २६ सांसद्लाई दलको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ ।

उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गरिने जानकारी राष्ट्रपति कार्यालय पठाइएको एमाले ओली निकट स्रोतले बताएको छ ।

उनीहरुले प्रधानमन्त्रीका लागि शेरबहादुर देउबालाई पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन माग गरिएको छ ।

शुक्रबार संविधानको धारा ७ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*