बेलुका ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्वारा आह्वान

तु खबर संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार ०८:३१
फाइल तस्बिर

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार बेलुका ५ बजेसम्म संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी
छिन् ।

मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*