जसपा विवाद– महन्थ र उपेन्द्रको सहमति भाँडियो

तु खबर संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १६:३२

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीचको सहमति भाँडिएको छ ।

पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने विषयमा भएको सहमति कार्यान्वयन नभएको हो ।

दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् ।

उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् ।

यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए ।

तर अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*