राजेन्द्र महतोले पाएको जसपा संसदीय दलको नेता पद खारेज

तु खबर संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १५:१३
file-photo

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महताको पद खारेज भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीको बरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको भएपनि तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

जसपाका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको छलफलका आधारमा त्यसलाई खारेज गर्ने सहमति भएको हो ।

नेता महतोलाई गुटबन्दी तरिकाले पार्टीको विधान, प्रकृया मिचेर संसदीय दलको नेता बनाएको कारण त्यसलाई खारेज गरिएको बताउँदै उनले अब विधि र प्रकृयाबाट संसदीय दलको नेता चाँडै चयन हुने बताए ।

भक्तपुरको रिसोर्टमा भएको सांसदको छलफलले महतोलाई संसदीय नेतामा चयन गरेको थियो । उनी संसदीय दलको नेतामा चयन भएको कुरा पार्टीबाट आधिकारीक जानकारी नगराइ ठाकुरको आधिकारिक फेसबुकबाट गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*