उपेन्द्र यादवले बोलाए आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी जनसाका अध्यक्ष उपेन्द्र यादवले आफु निकटका सांसद् तथा कार्यकारिणी समिति सदस्यको बैठक आह्वान गरेका छन् ।
सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको हो ।
जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।
यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले
थियो ।
