निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारीसाधन नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार जिल्लामा निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी, बस, ट्रकलगायतका सवारीसाधन नियन्त्रणमा लिएको हो । ती सवारीसाधनहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले नियन्त्रणमा लिएको हो ।
साथै निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ३४ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
