मकवानपुरका घिमिरे मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १५:०९
सांकेतिक तस्वीर

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–८ सिम्पानी निवासी लाल बहादुर स्याङ्तानको गाई गोठमा एक जनाको शव फेला परेको छ ।

स्थानीय अन्दाजी ४५ बर्षका बिष्णु घिमिरे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोली पुगिसकेको र मुचुल्का उठाउने काम भइरहेको छ ।

घिमिरेको हत्या भएको हो वा उनले आत्महत्या गरेका हुन् भन्ने विषयमा थप जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*