निषेधाज्ञा उल्लङ्घन गर्ने ११८ जनासहित सवारीसाधन नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले बिहिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ११८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने ११८ जना (पैदल यात्रु) लाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरतथा मातहत कार्यालयबाट प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले जिल्लाको विभिन्न स्थानमा राखेको चेक प्वाईन्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिएको जनाएको छ ।
साथै प्रहरी निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाईकल, स्कुटर, अटो, सानो गाडी, बस, ट्रक गरी १५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

