निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खोल्ने समय तोक्न माग

तु खबर संवाददाता
२०७८ बैशाख २३, बिहीबार १४:४७
file-photo

काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदुर संघले निषेधाज्ञा अवधिमा पेट्रोल पम्पहरुको नियमित सञ्चालन समय तय गर्न माग गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम मजदुरहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन र कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिन पनि सरकारसँग माग गरेको हो ।

कोरोना महामारीको संकटपूर्ण अवस्थामा आयल निगमले पेट्रोल पम्प खोल्न मात्र निर्देशन दिने तर श्रमिकहरुको स्वास्थ्य सुरक्षामा चासो नदिएको भन्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण लागू गर्न आग्रह गरेको संघले जनाइएको छ ।

‘अन्यथा यस्तो जोखिमपूर्ण अवस्थामा इन्धन बिक्री वितरण कार्यमा संलग्न हामी श्रमिक मजदुरहरु बाध्य नहुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*