मुख्यमन्त्रीको नियुक्त बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

तु खबर संवाददाता
२०७८ बैशाख १९, आईतवार १७:३२

काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले नवनियुक्त मुख्यमन्त्री शंखर पोखरेलको नियुक्त बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।

प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।

पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् ।

उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंखर पोदरेलविरुद्ध ४२ जना प्रदेशसभाका सदस्यहरुले हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालय घेराउ गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*