लुम्बिनी प्रदेशको राजनीतिक घटनाक्रम, छिनछिनमा परिवर्तन

तु खबर संवाददाता
२०७८ बैशाख १९, आईतवार १५:२४
file-photo

लुम्बिनी । लुम्बिनी प्रदेशको राजनीतिक घटनाक्रमले युटर्न लिएको छ ।

आइतबार मुख्यमन्त्री शंकर पोखरेलले अचानक पदबाट राजीनामा दिएका थिए । आफुविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावको सामना नगरी मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए । नेकपा एमालेको स्पष्ट बहुमत भएको लुम्बीनी प्रदेशमा राजीनामा दिएसँगै पोखरेललाइ नै पुनः मुख्यमन्त्रीको सपथ खुवाउने कार्यक्रम आजकै लागि तय भएको थियो ।

एकल बहुमतको सरकार गठन गर्ने तयारीमा रहेका पोखरेललाई झड्का तब लाग्यो जब, सांसद् विमला खत्री नेकपा माओवादी केन्द्रमा प्रवेश गरिन् ।
एमालेका ४१ सांसद रहेको आधारमा एकल बहुमतको सरकार गठन गर्ने तयारीमा जुटेका पोखरेललाई सांसद खत्रीले आफू एमालेमा नरहने लिखित जानकारी प्रदेश सभालाई गराएसँगै नराम्रो धक्का लागेको हो ।

खत्री माओवादी केन्द्रमा सामेल भएसँगै प्रदेशसभामा एमालेको पक्षमा ४० सांसद पुगेका छन् भने काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा गरी विपक्षी गठबन्धनमा पनि ४० सांसद नै पुगेका छन् ।

यससँगै प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा पोखरेललार्ई नियुक्त गर्ने संभावना हटेर गएको छ ।

पोखरेललाई सपथ नगराउन विपक्षी गठबन्धनको माग

विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र अन्य स–साना दलहरुले प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्री पदमा शंकर पोखरेललाई सपथ नखुवाउन भन्दै ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका
हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*