प्रदेशकी पहिलो महिला मन्त्रीको राजनीतिक यात्रा
मकवानपुर । सरस्वती बस्नेत बागमती प्रदेशकी पहिलो महिला मन्त्री बनेकी छिन् । बागमती प्रदेश सरकारले प्रदेशकी पहिलो महिला मन्त्रीमा बस्नेतलाई नियुक्त गरेको हो।
मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक मामिला तथा कानुन ङ्केमन्त्रीमा कोपाबराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सरेश नेपाल र सामाजिक विकास मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका थिए । नियुक्त भएका तीन मन्त्रीमध्ये सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदेशकी पहिलो महिला मन्त्री बस्नेतले पाएकी छन् ।
राजनीतिक यात्राः
मन्त्री बस्नेतको जन्म २०१९ सालमा दोलखा जिल्ला (हालको गौरीशंकर गाउँपालिका) मा भएको हो । विद्यार्थीदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षण पेशा, सामाजिक काम र राजनीतिलाई सँगै अघि बढाएकी थिइन्।
बस्नेत २०३२ सालमा हलेश्वर निमाविमा ६ कक्षामा अध्ययनरत् हँदा अनेरास्वविय प्रारम्भिक कमिटीमा आवद्ध भएकी थिइन् । त्यसपछि शान्ति आदर्श मावि लादुकमा पहिलो एसएलसी ब्याचको विद्यार्थी हुँदै विद्यार्थी राजनीतिमा सक्रिय भइन् । बस्नेत अनेरास्ववियुको पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । बस्नेत २०३७ सालदेखि शिक्षक संगठनसँगै अनेम संघको गाउँ कमिटी र गाउँ पार्टी कमिटी दुवैमा क्रियाशील भएकी थिइन् । २०३७ सालदेखि अनेम संघ जिल्ला कमिटीमा आवद्ध हुँदै सचिव र ३ कार्यकाल अध्यक्षपछि उनी अनेम संघ केन्द्रीय सदस्य भएकी थिइन्। र, उनी अनेम संघ केन्द्रीय सचिवालय सदस्य र बागमती प्रदेश अनेम संघ सचिवमा छिन् ।
बस्नेत गाउँ पार्टी कमिटी, जिल्ला कमिटी राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्यमा पनि आवद्ध छिन्। उनी हाल प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा छिन् ।
मन्त्री बस्नेत २०७१ सालमा सुकुम्बासी आयोगको दोलखा जिल्ला अध्यक्षसमेत भएकी थिइन् । विभिन्नसंघसंस्थामा आवद्ध मन्त्री बस्नेत २०७४ सालमा दोलखा जिल्लाबाट बागमती पशसभा सदस्यमा समानुपातिकतर्फबाट चयन भएकी थिइन् । प्रदेशसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषिमा सीमित रहेकी उनी २०३७ सालदेखि करिब ३० वर्ष शिक्षण पेशामा आवद्ध भएर सेवानिवृत्त भएपछि पूर्णकालीन पार्टी राजनीति (नेकपा एमाले) मा क्रियाशील छिन्। सरकारलाई धन्यवाद बागमती प्रदेशसभा सदस्य मनु सिग्देलले मुख्यमन्त्री पौडेलको सरकार रहेको बागमती प्रदेश सरकारलाई धन्यवाद दिएकी छिन् । सिग्देलले सामाजिक विकास मन्त्री बस्नेतलाई बधाई दिदै संसद्मा आफूले बारम्बार उठाउने गरेको प्रश्नको जवाफ प्राप्त भएको भन्दै महिला मन्त्री नियुक्त गरेकोमा उनले प्रदेश सरकारलाई धन्यवाद दिएकी हुन् ।
चिकित्सकलाई प्रोत्साहन भत्ता
नवनियुक्त मन्त्री बस्नेतले प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई तत्काल उपचारका लागि दक्ष चिकित्सकसहित स्रोतसाधन परिचालन गरिने बताएकी छन् । नवनियुक्त मन्त्री बस्नेतले प्रदेशको दुर्गम जिल्लाका कोरोना संक्रमितलाई तत्काल उपचार सेवामा प्रभावकारी बनाउन दक्ष चिकित्सकसहित सोतसाधन परिचालन गर्ने बताएकी हुन् । उनले कोभिडको जोखिमलाई मध्यनजर गर्दै प्रदेशका सिन्धुपाल्चोक, दोलखा र रसुवा जिल्ला अस्पताललाई काभिड अस्पतालका रुपमा रुपान्तरण गरी तत्काल दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराएर उपचार सेवालाई सहजीकरण गर्ने बताइन् ।
मन्त्री बस्नेतले कोरोना संक्रमितलाई अस्पतालमा भर्ना गरी तत्काल उपचारसेवा पुयाइरहने १३ जिल्ला अस्पतालका चिकित्सकलाई प्रोत्साहनबापत् जनही ३ हजार ५ सय भत्ता दिनेतर्फ बैशाख १९ गतेभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिइन् ।
चिकित्सक उच्चशिक्षालाई गणस्तरीयरुपमा सेवा पदान गर्न प्रदेशमा अब ? मेडिकल विश्वविद्यालय स्थापना गर्नेतर्फ आगामी आवको नीति र कार्यक्रममा योजनाहरु समावेश गरिने उनले बताइन् ।
मन्त्री बस्नेतले आगामी आव २०७८÷०७९ को बजेट विनियोजित शीर्षकमा मन्त्रालयका तर्फबाट पहिलो प्राथमिकता रोजगारीको अवसर, उपचार सेवालाई गणस्तरीय प्रदान गर्ने, शिक्षालाई गुणस्तरीय सुलभ र सर्वसाधारणको पहुँचमा पुयाउनेतर्फ उच्च प्राथमिकतासाथ कदम चाल्ने दृढता व्यक्त गरिन् । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।
