बागमती प्रदेशको मन्त्रीपरिषद् आज विस्तार हुँदै

तु खबर संवाददाता
२०७८ बैशाख १५, बुधबार १०:४२
फाइल तस्बिर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रीपरिषद् विस्तार गर्दैछन् । त्यसको लागि आवश्यक तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेकपाभित्र दुई धार भई चरम विवाद भएपछि केही मन्त्रीले राजिनामा दिएका थिए । राजीनामापछि मन्त्रीबिहीन बनेको मन्त्रालय पनि मुख्यमन्त्री पौडेलले आफैसंग राखेपछि ती मन्त्रालयले अपेक्षा अनुसारको काम गर्न सकिरहेका थिएनन् ।

आज विस्तार हुन लागेको मन्त्री परिषद् मा काभ्रेका चन्द्र लामा मन्त्री हुनेछन्। त्यसैगरी, मकवानपुरकी जुनेली श्रेष्ठलाई पनि राज्यमन्त्रीको रुपममा मन्त्रीपरिषद् मा समेट्ने तयारी हुँदैछ । सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशब पाण्डे र दोलखाकी सरस्वति बस्नेत पनि बिस्तार हुने मन्त्रीपरिषद् मा भित्रिदै छन् । डा रामकुमार अधिकारी धादिङ र प्रदीप कटुवाल सिन्धुली पनि राज्यमन्त्री हुने चर्चामा छन् ।

लामा, पाण्डे र नेपालले एक एक वटा मन्त्रालयको नेतृत्व गर्नेछन् भने अन्य राज्यमन्त्री हुनेछन् ।

धेरै समयअघि देखि मन्त्रीपरिषद् विस्तारको चर्चा भइरहे पनि मुख्यमन्त्री पौडेलले मन्त्री परिषद् विस्तार गर्न सकेका थिएनन् । आफ्नै पार्टीभित्रको चरम समस्यामा रुमलिएका पौडेलले आज मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । त्यसको लागि केही दिन अघिबाट कार्यकक्ष लगायतकाको व्यवस्थापनको तयारी भइरहेको थियो ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट सालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएपछि यि मन्त्रालयहरु पनि मुख्यमन्त्रीले हेर्दै आएका थिए ।

प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप झेल्दै आएका मुख्यमन्त्री पौडेलले प्रदेशको पावरफूल र कामकाजी मन्त्रालयमा अहिलेसम्म नेतृत्व चयन गर्न सकेका थिएनन् । भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयबाट केशव स्थापितलाई बर्खास्त गरेदेखि नै सरकारको पर्फमेन्स देखिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*