तालिममा सिलाइएको कपडा बालबालिकालाई
मकवानपुर । सक्रिय महिला सिलाइ प्रशिक्षण केन्द्र हेटौँडा–२ ले तालिमका क्रममा सिलाईएका कपडा दैबि प्रकोपमा समस्यामा परेका बालबालिाहरुलाई बितरणका लागि हस्तान्तरण गरेको छ ।
सिलाई सिकाइका क्रममा उत्पादन भएका बालबालिकाका कपडा केन्द्रका अध्यक्ष चन्द्रवती पनेरु अधिकारीले उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई हस्तान्तरण गरेका हुन् ।
उपमहानगरपालिकाको सहयोगमा ४५ दिने कपडा सिलाइ कटाइ तालिमका क्रममा सिलाईका कपडा हस्तान्तरण गरिएको हो ।
उक्त कपडा भर्खर जन्मिएका बालबालिकादेखि ३ वर्षसम्मका बालबालिकाले लगाउन मिल्नेछ ।
बालबालिकाको लागि दौरा सुरुवाल, टोपी, भोटोलगायतका कपडा हस्तान्तरण गरिएको अध्यक्ष पनेरुले बताइन् ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, हेटौंडा–२ का वडाध्यक्ष हरिबहादुर राउत, स्वास्थ्य महाशाखाका प्रमुख रमन झा, महिला तथा बालबालिका महासाशाका प्रमुख बिष्णु कुमारी लामिछानेलगायतकाको उपस्थिति रहेको थियो ।
