मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।
मुख्यमन्त्री पौडेलले आज सोमबार काठमाडौंमा बैठक बस्ने गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाइएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार, प्रदेशसभा सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम र कोरोनाको रोकथाम र नियन्त्रणको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।
बागमती प्रदेशमा यसअघि ४ पटकसम्म नेकपा मोओवादीले संसद चल्न अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित हुँदै आएको थियो । संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल माओवादीलाई नेपाली कांग्रेसलगायत अन्य साना दलहरुले पनि समर्थन जनाएका थिए ।
