मुख्यमन्त्री पौडेलद्वारा ट्राफिक प्रहरी भवन, चौकी र ब्यारेक उद्घाटन

तु खबर संवाददाता
२०७८ बैशाख ५, आईतवार १५:५३

मकवानपुर । हेटौँडामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटेको भवन र व्यारेकको आज आइतबार उद्घाटन भएको छ ।

आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्थाङमा नव निर्मित ट्राफिक प्रहरी भवन, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेमा रातोमाटे चौकी र व्यारेकको उद्घाटन गरेका हुन् ।

उक्त भवनहरु आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको सहयोगमा प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयबाट प्राप्त कुल ३ करोड ४६ लाख ६० हजार ७ सय रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार, प्रदेशमा पहिलो चरणमा ४६ वटा प्रहरी इकाईहरुको निर्माण कार्यको थालनी भएकोमा हालसम्म ३२ वटा भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी १४ वटा भवन पनि चालु आर्थिक वर्षभित्रमा नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*