अमेरिकाले रुसमाथि प्रतिबन्ध लगायो
काठमाडौं । अमेरिकाले रुसमाथि साइबर हमला र शत्रुतापूर्ण गतिविधि गरेको भन्दै प्रतिबन्धको घोषणा गरेको छ । यसका साथै, अमेरिकाले रुसका १० कूटनीतिज्ञलाई निष्कासित गरिदिएको छ ।
ह्वाइट हाउसले यो प्रतिबन्धको उद्देश्य रुसको हानिकारक विदेशी गतिविधिको रोकथाम गर्नु बताएको छ ।
उसले एक बयानमा अघिल्लो वर्ष ‘सोलरविन्ड्स’ को बडी ह्याकिङको पछाडि रुसी गुप्तचर एजेन्सीको हात भएको बताएको छ ।
साथै, सन् २०२० को अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ ।
रुसले आरोप अस्वीरका गर्दै यसको जवाफ दिइने बताएको छ ।
राष्ट्रपति जो बाइडेनले बिहिबार एक आदेश जारी गरेका छन् जसमा यी प्रतिबन्धको विवरण दिएको छ । यसमा रुसका ३२ अधिकारी र व्यक्तिविरुद्ध कारवाही गरिएको छ ।
अमेरिकाले यो कदम दुई देशबीच तनावको स्थितिका बीच यस्तो कदम उठाएको छ । एजेन्सी
