भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिए

तु खबर संवाददाता
२०७७ चैत्र २८, शनिबार १४:५०
filr-photo

काठमाडौं । भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जना कोरोना संक्रमित भेटिएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् ।

पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*