प्रदेश सरकारलाई असफल बनाउन पार्टीभित्रकै व्यक्तिहरु लागि परेकाछन् : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७७ चैत्र १०, मंगलवार १०:५८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्याप्त कानूनको अभाव भोगिरहेको प्रदेश सरकारलाई असफल बनाउन विभिन्न व्यक्तिहरु लागि परेको आरोप लगाएका छन् । उनले विभिन्न समस्या भोग्दै संघीयता कार्यान्वयनका लागि क्रियाशील प्रदेश सरकारलाई अस्थिर बनाउने खेलमा पार्टी संगठनभित्र कै केही व्यक्तिहरु लागेको बताए ।

मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै केही व्यक्तिहरुको शंकास्पद गतिविधिका कारण प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताए ।

उनले प्रहरी समायोजनको काम पुरा नभएकाले प्रहरी संगठनका समस्या तथा आवश्यकताहरुलाई पुरा गर्न प्रदेश सरकारले प्रर्याप्त काम गर्ने नसकेको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले संघीय सरकारसंग अनुमती लिनु पर्ने झन्झटका बावजुद पनि प्रदेश सरकारले प्रदेशका प्रहरीहरुलाई सुविधा सम्पन्न र सेवालाई उत्कृष्ट बनाउन थुप्रै काम गरेको जानकारी दिए ।

उनका अनुसार, प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माण गरिसकेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माणको काम जारी रहेको छ ।

उनले प्रहरीको संगठन र संरचानाको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै प्रहरी समायोजन भए लगतै प्रहरी दरबन्दीको समस्या पनि समाधान गर्ने प्रतिवद्ध व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*