नारायणी संघको वार्षिक साधारणसभा हेटौँडामा सम्पन्न

तु खबर संवाददाता
२०७७ चैत्र ७, शनिबार १५:२०

मकवानपुर । पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी संघ हेटौँडाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार कम्पनी तथा संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्ष तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले नारायणी यातायात व्यवसायीलाई कम्पनीमा जानु पर्ने नीति बनाएर समस्यामा पारेको आरोप लगाए । सो नीति गलत भएको भन्दै चाँडै नै यातायात व्यवसायी कम्पनीमा दर्ता हुनुपर्ने बाध्यात्मक परिस्थितीको अन्त्य हुने उनको भनाई छ ।

सरकार काम भन्दा बढी कुरा गर्नमा व्यस्त रहेको बताउँदै उनले व्यवसायीको हित विपरीत बनाएको सो नीतिका कारण कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेकाले नेपाली कांग्रेसको सरकार आएपछि सो नीति खारेज गर्ने बताए ।

उनले मालबाहक सवारीहरुको नविकरण, राजस्व तथा रुट परमिटका काम निकै झन्झटिलोे भएको भन्दै सरकारले तत्काल रुट परमिटलाई खारेज गरेर राजस्व र नविकरण गर्ने समय अवधिलाई बढाउनु पर्ने बताए ।

त्यस्तै, सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सदस्यहरु क्रमशः मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिसस उपप्रमुख भगवती पुडासैनी, थाहानगर प्रमुख लबसेर बिष्ट, हेटौंडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

सभामा संघ तथा कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन र संघका संचालक सरोजकुमार खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्था दर्ता ऐन २०३४ अन्तरगत संस्थापित भई २०७४ साल चैत्रमा नेपाल सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधित, २०७४ जारी भई नारायणी संघ हेटौँडा (मूनाफा वितरण नगर्ने कम्पनी) २०७५ असार २६ गते कमपनी रजिष्टार कार्यालयमा दर्ता गरी पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. नामको रुपान्तरित कम्पनीको २०७६ जेष्ठ १९ गते विधिवत दर्ता गरी कार्य प्रारम्भीक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*