मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरको बैठक सम्पन्न

तु खबर संवाददाता
२०७७ चैत्र ४, बुधबार ०९:५५

मकवानपुर । मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । स्पोर्टसका जिल्ला अध्यक्ष प्रकाश सुवेदीको अध्यक्षतामा बसेको बैठकले सचिवालयका सम्पुर्ण सदस्यहरुलाई विभिन्न विभागका ईञ्चार्जको जिम्मेवारी तोकेको छ।

स्पोर्टसको बागमती गाउँपालिका कमिटीको ईञ्चार्जमा मनोज नेगी, बकैयाका लागि प्रकाश वाईवा, मकवानपुरगढीका लागि विष्णु दंगाल, भीमफेदीका लागि रचिन डंगोल, मनहरीका लागि पुकार सुवेदी, राक्सिराङका लागि ओमशंकर स्याङ्तान, कैलाशका लागि मिलन मुक्तानलाई मनोनित गरेको छ ।

त्यस्तै, हेटौंँडा उपमहानगरपालिका कमिटीका लागि सबिन मुक्तान, हेटौँडा–११, ३ र १९ का लागि चेतन घिमिरे, १२ र १३ का लागि अजय खतिवडा, १४ र १५ का लागि सुरेश रुम्बा, १६ र १७ का लागि सन्तोष राई, १८ का लागि बिक्रम पाण्डे, १,२,४,५ र १० का लागि सचिन राई र ६, ७, ८ र ९ का लागि किरण लामिछाने मनोनित गरिएको  अध्यक्ष प्रकाश सुवेदीले जनाएको छ ।

त्यसैगरी विभागीय प्रमुखहरुमा अतिरिक्त क्रियाकलापका लागि सुवास न्यौपाने, फुटबलका लागि विक्रम पाण्डे, क्रिकेटका लागि प्रेम क्षेत्री, भलिबलमा निराजन लम्साल, मार्सल आर्ट र स्वास्थ्यमा श्रीवा ढकाल, एथेलेटिक्समा समिर खान, साँस्कृतिकमा अनिल मगर र युवराज लामा, महिला विभागका लागि स्वेच्छा तारा दंगाल, विद्यार्थीका लागि नवराज पौडेल, मजदुरका लागि विजेश वासुकला, युवा तथा आर्थिक विभागका लागि मनोज चौलागाई, जनसम्पर्क विभागका लागि बिक्रम लामिछाने, प्रचार प्रसार र सामाजिक विभागका लागि अनिल अधिकारी, संगठन विभागका लागि सुरेश बेरोजगार मनोनित गरिएको अध्यक्ष सुवेदीले बताए ।

सम्पूर्ण सचिवालय सदस्यहरुको योग्यता, क्षमता, भुगोल र एकेडेमीमा दिएको योगदानको आधारमा भुमिका प्रदान गरिएको बैठकमा आमन्त्रित स्पोर्टसका केन्द्रीय सदस्य तथा हेटौंडा–४का वडाध्यक्ष नविन सिग्देलले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*