निर्माण व्यवसायी महासंघ बागमती प्रदेश सह–कोषाध्यक्षमा भेटवाल

तु खबर संवाददाता
२०७७ चैत्र २, सोमबार ११:०७
file-photo

मकवानपुर । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको सह-कोषाध्यक्षमा मकवानपुरका युवा तथा निर्माण व्यवसायी राजेश भेटवाल चयन भएका छन् ।

धादिङको सदरमुकाम धादिङबेसीमा दुई दिनसम्म चलेको बागमती प्रदेश निर्माण व्यवसायी महासंघ अधिवेशनले सर्वसम्मत सुमित श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। मकवानपुरका युवा तथा निर्माण व्यवसायी भेटवाल उक्त कार्य समितिको सह-कोषाध्यक्षमा पदमा चयन भएको हुन् ।

नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुतु भक्तपुर, उपाध्यक्षमा दिपेन्द्र थापा (सिन्धुपाल्चोक) महासचिवमा राजकुमार बुढाथोकी( काभ्रे),उप महासचिवमा भक्तबहादुर बस्नेत (काठमाडौं),सचिवमा कृष्णकुमार केसी (ललितपुर),कोषाध्यक्षमा उमेश रिजाल (धादिङ), सहकोषाध्यक्ष राजेश भेटवाल (मकवानपुर) र सदस्यहरुमा राजेन्द्र उप्रेती (दोलखा),पदमबहादुर श्रेष्ठ (धादिङ), लिलाकुमारी थापा (सिन्धुलीं), हिरा लामा (काभ्रे), इन्द्रबहादुर तामाङ (रामेछाप), चन्द्रबहादुर वाईवा (काठमाडौं) र लामा रेन्जन घले (रसुवा) रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*