मुख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप

तु खबर संवाददाता
२०७७ फाल्गुन २४, सोमबार १८:१९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोराना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाएका छन् । मुख्यमन्त्री पौडेलले सोमबार प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पताल खोप केन्द्रमा गई कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएसँगै देशभर दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । सोही अभियान अन्तरगत मुख्यमन्त्री पौडेलले आफुले कोरोनाविरुद्धको खोप लगाइएको जानकारी दिए ।

उनले सरकारले तोकेको उमेर समूह एवम् लक्षित नागरिकहरुले कार्यविधि अनुसार नजिकको खोप केन्द्रमा गइ खोप लगाउन सबैलाई अनुरोध गरेका छन् ।

प्रदेशमा हाल ५ सय ६ वटा खोप केन्द्र रहेको छ ।

प्रदेशमा आइतबार मात्रै ३१ हजार ४ सय १७ जनाले कोरोन विरुद्धको खोप लगाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*