महिला लगानीकर्ताहरुको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडको अफर
२०७७ फाल्गुन २४, सोमबार ११:४९
मकवानपुर । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी आफुले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट दिने भएको
छ ।
१११ औँ नारी दिवसको अवसर पारेर उक्त योजना ल्याइएको जनाइएको छ ।
शेयर बजारमा लगानी गर्न इच्छा भएका तर जानकारी नभएका जो कोही महिला लगानीकर्ताहरुले यो सुविधा प्राप्त गर्न सक्ने छन् ।
विभिन्न व्यवसायमा रहेका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ ।



