मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक देखाएको छ । विभागले बिहिबार गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास र चालू आ.व २०७७/७८ को पहिलो त्रैमासको लेखा अनुगमन रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो ।
विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको छ । जुन केन्द्रीय तथ्याङ्क विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्याँकमा यस्तो देखिएको हो ।
बिहीबार पत्रकार सम्मेलनमार्फत विभागले कूल ग्राहस्थ उत्पादनको गणनाको आधार वर्ष समेत परिवर्तन गरेको जानकारी दिएको छ । यसअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएकामा आधार वर्ष फेरिएपछि अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ ।
