प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

तु खबर संवाददाता
२०७७ फाल्गुन १९, बुधबार १५:१५
file-photo

विराटनगर । प्रदेश १ को प्रदेशसभामा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै फागुन २० गते दिनको १ बजेको लागि बोलाइएको प्रदेश नं. १ को प्रदेशसभाको बैठक विशेष कारणले स्थगित गुर्न परेको जानकारी दिए ।

स्थगित उक्त बैठक आगामी चैत्र २ गते सोमबार १२ः३० बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित गरेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव पक्ष नेकपाले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*