हेटौंडामा भोलिदेखि नगरकप भलिबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार १७:१६

मकवानपुर । हेटौंडामा भोलि फागुन १९ गतेदेखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भोलिदेखि हेटौंडामा उक्त प्रतियोगिता हुने भएको हो ।

हेटौंडा–४ हुप्राचौर खेलमैदानमा हुने उक्त प्रतियोगिता आगामी फागुन २२ गतेसम्म संचालन हुने आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कुल ६ लाख रुपैयाँ लागतमा संचालन हुने खेलमा हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार र प्रदेश खेलकुद विकास परिषद्ले ३० हजार रुपैयाा सहयोग उपलब्ध गराएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरि संकलन गर्नै आयोजकले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मेयर हरिबहादुर महतले खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

केशबलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप प्रतिष्ठानले गत ३ वर्षदेखि हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*