पिकनिकको पैसाले मामाघर मकवानपुरलाई फ्रीज
मकवानपुर । यति पोलिकेम हेटौंडा औद्योगिक क्षेत्रका कर्मचारीहरुले मामाघर नेपाललाई फ्रीज सहयोग गरेको छ ।
सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई फ्रीज सहयोग गरेको दाता बिश्वराज श्रेष्ठले जानकारी दिए ।
उद्योगले पिकनिक जान उपलब्ध गराएको २५ हजार रुपैयाँ रकम पिकनिक जानू भन्दा अनाथ असहाय सडक बालबालिकालाई सहयोग गर्नु उपयुक्त लागेकोले सहयोग गरिएको दाता श्रेष्ठले बताए ।
स्थानीय दान, चन्दा, उपहार र सहयोगमा संचालित मामाघर नेपालले पिकनिक जाने पैसाबाट फ्रीज सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ।
