प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिने
काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा आजै पेस गरिने भएको छ ।
आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।
प्रदेश १ को प्रदेश सभा बैठक १८ दिनपछि आज बोलाइएको थियो । तर, नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो ।
प्रचण्ड–नेपाल पक्ष भने आज जसरी पनि अविश्वासको प्रस्ताव संसद्मा पेस गर्नुपर्ने अडानमा थियो ।
अन्ततः ओली समूह सहमत भएपछि आजै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने र त्यसपछि संसद् स्थगित गर्ने सहमति भएको छ ।
