प्रधानमन्त्री कपको बागमती छनोट बिहीबारदेखि

रासस
२०७७ पुष १४, मंगलवार १४:४२
file-photo

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ ।

प्रतियोगितामा बागमतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले जनाएको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौं, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली रहेका छन् । छनोट प्रतियोगिताको उद्घाटन खेल काठमाडौं र भक्तपुरबीच हुनेछ । उक्त प्रतियोगिता पुस २१ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*