अविश्वास प्रस्तावको सामना गर्न तयार छु : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७७ पुष ११, शनिबार १०:०६
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वास प्रस्तावको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विस्वासको मत लिएर अगाडी बढ्ने बताएका हुन् ।

आफ्नो पक्षमा बहुमत पुर्याउन तयार रहेको बताउँदैउनले भने–‘अविश्वास प्रस्तावको फेस गर्न म तयार छु ।’

मुख्यमन्त्री पौडेलविरुद्धमा माधबकुमार नेपाल र पुप्पकमल दाहाल प्रचण्ड पक्षको नेकपाले बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिक्रिया दिदै उनले संस्दीय व्यावस्थामा यस्ता काम भइरहने बताए ।

उनले भने–‘विकास र समृद्धी नचाहने गठवन्धनबाट यस्ता काम भएको छ सामना गरेर अगाडी बढ्छु ।’ यो तीन वर्षको अवधिमा विकासका धेरै महत्वपुर्ण काम भएको र त्यसलाई देखेर अतालिनेहरुले अविस्वासको प्रस्ताब दर्ता गराएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*