बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्छ– प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने बताएका छन् ।
संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री बादल अनुपस्थित भएका थिए । तर बिहीबार बसेको ओली समूहको तेस्रो बैठकमा भने उनी उपस्थित भएका थिए ।
उनले ओली समूहको बैठकलाई सम्बोधन गर्दै मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।
यसबारे सोधिएको प्रश्नमा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले कता जाने भन्ने व्यक्तिको विवेक भएको बताए । तर बादलले गरेको भाषण सुन्दा ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ भन्ने जस्तो लागेको बताए । उनले अघि भने, झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।’
