अनेकताका बीच बलियो एकता : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७७ पुष १०, शुक्रबार १४:४१
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताएका छन् ।

इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भने ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ । “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*