बागमती प्रदेशः यी हुन् राजीनामा दिने तीन मन्त्रीहरु
मकवानपुर । बागमती प्रदेशका तीन जना मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
राजीनामा दिने मन्त्रीहरु क्रमशः प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् ।

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको दर्ता भएसँगै उनीहरुले राजीनामा दिएका हुन् ।
प्रदेशसभा सदस्य तथा नेकपा ससदीय दलका उपनेता जम्मकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।



