प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले यही पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।
२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडा स्तरमा बैठक भेला गर्ने बैठकको निर्णय छ ।
