कांग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडैल, महेश आचार्य र नारायढ खड्काले आफ्नो धारणा राखेका थिए । केन्द्रीय समितिको बैठकमा सबै सदस्यहरूले धारणा राख्ने छन् ।
