हेटौंडा रोपवे पुनः संचालनमा ल्याउन बागमती प्रदेश सरकारद्वारा गृहकार्य सुरु

तु खबर संवाददाता
२०७७ पुष २, बिहीबार १७:२६
file-photo

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले पुरानो एक मात्र बन्द रहेको हेटौंडाबाट काठमाडौं जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाब्यता अध्ययन गरी पुनः संचालनमा ल्याउन प्रदेश सरकारले गृहकार्य सुरु गरिसकेको बताएका छन् ।

प्रदेश सरकारले रोपवे संचालनमा ल्याउन गत असारमा चालु आव २०७७/०७८ को लागि बजेट विनियोजित कार्यक्रममा समावेश गरिएनुसार, अत्याधुनिक प्रविधिबाट संचालन ल्याउनतर्फ प्राविधिकहरुसँग अहिले छलफल भइरहेको मन्त्री फुयाँले बताए ।

उनले प्राविधिकहरुले दिइएको सुझाव र कार्यतालिका अनुसार, बजेट विनियोजित गरी विभिन्न उपकरणहरुको साथै केबुल तारहरु जडान गर्न प्राविधिहरु छिट्टै परिचालन गरिने उल्लेख गरे ।

अमेरिकन सरकारको सहयोगमा संचालित नेपाल रोपवे वि.सं. २०२० सालदेखि हेटौंडा–काठमाडौंको सामान ढुवानी गर्ने कार्यमा संचालित रहदै आएको थियो ।

हेटौंडादेखि विभिन्न स्टेशनमा केबुलतारको साथै केही उपकरणमा आएको खराबीले गर्दा वि.सं. २०५६ साल जेष्ठदेखि रोपवे संचालनमा अवरोध आई बन्द गर्न बाध्यता आइपरेको थियो ।

काठमाडौंको टेकु, मातातीर्थ, ट्ङला हुँदै मकवानपुरको फाखेल, देउरालीलगायत ७ वटा स्टेशनमा मर्मत सम्भार, नयाँ तारको केबलहरु फेर्ने र सामान ढुवानी गर्ने ट्रलीहरु नयाँ खरिद गरी संचालनमा ल्याउन प्राविधिकहरुले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद उप्रेतीले बताए ।

पुरानो रोपवे संचालनको अवस्थामा हेटौंडाबाट जिल्लाको फाखेल, सिस्नेरी, इपा, पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दाहरुलाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधीहरु अत्यन्तै सुपथ मुल्यमा ढुवानी गर्दै आएको हेटौंडाका किराना व्यवसायी प्रभाकर पाण्डेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*