टिपर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०७७ पुष १, बुधबार ०९:५५
File Photo

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । टुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन् ।

सोही दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडी पाटन नगरपालिका बस्ने २७ वर्षीय योगेश कठायत तथा परशुराम नगरपालिका आलीताल बस्ने ३० वर्षीय डम्मर साउद रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ ।

गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से१क ७५४ नंको टिपर गए राति दुर्घटनामा परेको हो । टिपर सडकबाट कम्तीमा पनि ५०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*