राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

तु खबर संवाददाता
२०७७ मंसिर २७, शनिबार १३:४९
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्य सम्पादन समितिको बैठकको मिति तय गरेको छ ।

शनिबार पार्टीका अध्यक्षहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाको बसेको बैठकले पौष ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको हो ।

उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने अध्यक्ष कमल थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*