पूर्व सांसद लामाको निधन

तु खबर संवाददाता
२०७७ मंसिर २५, बिहीबार ०८:१४

काभ्रे । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*