कम्युनिष्ट पार्टीका संस्थापक गौतमको निधन

तु खबर संवाददाता
२०७७ मंसिर २४, बुधबार ०९:२९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहनुभएका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । उनको अन्तिम दाहासंस्कार आजै दाङको शङ्खेपिपलमा ११ बजे गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*