कांग्रेस मकवानपुरद्वारा मृतक परिवारलाई ५० हजार सहयोग
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले मृतकका परिवारलाई आर्थिक रकम सहयोग गरेको छ ।
काँग्रेस मकवानपुरले भीमफेदी गाउँपालिका वडा नम्बर ८ का उम्मेदवार दिपेश विश्वकर्माको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा विश्वकर्माको परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको हो ।
विश्वकर्माको बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीको तर्फबाट जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवम् वडा इकाई सभापति समुन्द्रमान घिसिङको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा जिल्ला सभापति बानियाँ, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य भीमबहादुर बोम्जन, क्षेत्रीय सभापति सुजन गोपाली, हेटौंडा नगरसभापति आनन्दराम पराजुली, नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोतम ठकुरीलगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
