काँग्रेस बैठक चौथो पटक सर्‍यो

तु खबर संवाददाता
२०७७ कार्तिक २४, सोमबार १०:२४

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए ।

उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु होम आइसोलेसनमा रहेकाले बैठक सारिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

यसअघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो ।

पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*