आइतबार सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको भोउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको भाउ प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला रु २० ले बढेको छ । भाउ बढेसँगै आइतबार चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ तोकेको छ ।
