हेटौंडाका २९ जना नेपाली काँग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ घट्टेदमारमा विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार घट्टेदमारमा निर्मित खेलमैदान उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीलगायतले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रम काँग्रेस नगर सभापति पराजुलीको प्रमुख आतिथ्यता तथा पार्टीको हेटौंडा–१५ सभापति नवराज घलानको अध्यक्षतामा भएको हो ।
घट्टेदमारमा निर्मित खेलमैदान निर्माणको लागि नेपाली काँग्रेसका नेता उत्सब ईटेनीले डिजेल सहयोग गरेका थिए । सो कार्यक्रमबीच खेलाडीहरुलाई फुटबलसमेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा काँग्रेस नेता उत्सब ईटेनी, १५ नम्बर वडाका निर्वाचित अध्यक्ष महारत्न लामा, घनेश्याम नेपाल, इन्द्रबहादुर भ्लोन, आकाश गोले, सिद्धान्त लामा लगायतको आतिथ्यता रहेको थियो ।
